नेकपा केन्द्रीय पुष्कमल दाहाल–माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य एवम् सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको सवारी दुर्घटनामा बुधबार राति मृत्यु भएको छ।
बुधबार राति उनको शव सर्लाहीको बरहथवा-नयाँसडक खण्डमा दुर्घटनाग्रस्त मोटरसाइकलसहित फेला परेको हो।
वाग्ले नेकपाको प्रचण्ड-माधव समूहका नेता हुन्। यो समूहले आजका लागि आह्वान गरेको नेपालबन्दको पूर्वसन्ध्यामा बुधबार साँझ मसाल जुलुसको नेतृत्व गरी घर फर्कने क्रममा उनी ज१०प ३२०६ नम्बरको मोटरसाइकल जंगल क्षेत्रमा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ।
