१० लाख डोज कोरोना विरुद्धको खोप नेपाललाई अनुदानमा दिने भारतको घोषणा

७ माघ २०७७, बुधबार १४:२६

नेपाललाई कोरोना संक्रमणविरुद्धको खोप १० लाख डोज उपलब्ध गराउने भारतले भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।

खोप भोलि नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

भारतले कोभिसिल्ड नामक खोप नेपाललाई अनुदानमा उपलब्ध गराउनलागेको हो।

खोपको पहिलो खेप भोलि नै काठमाडौं आइपुग्ने स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिए।

उनका अनुसार कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिनेलाई खोप लगाउन सुरु गरिनेछ। खोप सहयोग गरेकोमो मन्त्री त्रिपाठीले भारतलाई धन्यवाद दिए।