विप्लव नेकपाका प्रभावशाली नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

२९ पुष २०७७, बुधबार १७:०४

 


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरले मकवानपुर र ललितपुरको सीमाबाट उनलाई पक्राउ गरेको प्रहरी स्रोतले बतायो । बाँस्तोला विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज हुन् ।