अर्घाखाँचीको सिमलपानीमा बस दुर्घटना हुँदा १२ जना घाइते

२९ पुष २०७७, बुधबार १२:०३

सन्धिखर्क । अर्घाखाँचीको शितगंगा नगरपालिका १४ सिमलपानीमा बुधबार भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन्। शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्बरको बस शितगंगा १४ छन्त्यालरुखमा दुर्घटना भएको हो। ब्रेक फेल भएर भएको दुर्घटनामा चालक सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ।