लाइसेन्स आवेदनको कोटा सिस्टम हट्ने

२८ पुष २०७७, मंगलवार १२:४८

 

बिहीबारबाट सवारी चालक अनुमती पत्र (लाइसेन्स)को अनलाई आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम हट्ने भएको छ। यसको लागि सर्वरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । यसरी फारम भर्दा एकैपटक धेरैले भरेपनि सिस्टमले वेटिङमा राखेर बायोम्याट्रिकको मिती तोक्ने उनले बताए। आवेदन खुला भएपनि कोटा सिस्टम फारम भर्नेको संङ्ख्या अधिक भएकोले अधिकांस सेवाग्राही फारम भर्नबाट बन्चित थिए।

कसरी भर्ने फारम ?

विभागका अनुसार सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्नेछन्।
अनलाई फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।

पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।

त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने।
त्यसपछि एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्लीु देखिन्छ। त्यहाँ ओकेमा क्लिक गर्ने। र अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईको फारम भरिन्छ।