नेपाली बजारमा सुनको मूल्य आज पनि घट्यो

२७ पुष २०७७, सोमबार ११:०७

 


काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज ८ सयले घटेको हो । आइतबार २ हजार ३ सयले घटेको थियो । आज सुन प्रतितोला ९२ हजार २ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी ४० रुपैंयाँले घटेको छ । १ हजार २३० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।