
काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सबै सेवालाई अनलाइन प्रणालीमा लाने तयारी थालेको छ। धेरै सेवाग्राहीले विचौलियाका कारण सेवा लिन सकस हुने गरेको गुनासो गरेपछि कार्यालयले अनलाइन प्रणालीमा लाने तयारी गरेको हो।
बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रशासन, योजना तथा अनुगमन महाशाखा प्रमुख नेत्रप्रसाद भट्टराईले अनलाइन प्रणालीमा जाने गरी अहिले तयारी गरिरहेको बताए।
