केपी ओलीले कम्युनिस्ट एकतामाथि गद्दारी गरेः योगेश भट्टराई

२६ पुष २०७७, आईतवार १३:२६

 

 

सुर्खेत । नेकपा (प्रचण्ड–माधव) सूमहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनमा गद्दारी गरेको आरोप लगाएका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगमा प्रचण्ड–माधव समूहका युवाहरुले आयोजना गरेको भेलालाई सम्वोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओलीले आफनो व्यक्तिगत स्वार्थका लागि कम्युनिस्ट एकतामाथि नै गद्दारी गरेको आरोप लगाएका हुन् ।

‘ओलीले व्यक्तिगत स्वर्थका लागि कम्युनिस्ट आन्दोलनलाई नै विभाजन गर्न खोजेका छन्, इतिहासमा यस्ता नेता आउँछन् जान्छन्,’ उनले भने, ‘कमरेड ओलीलाई यादहोस्, हिजो केशरजंग रायमाझीले गद्दारी गर्दा कम्युनिस्ट आन्दोलन झनै एकताबद्ध भएको थियो ।’