
काठमाडौं । पछिल्लो २४ घण्टामा ३६२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ६९९ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ छ ।
पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९१३ पुगेको छ ।
