प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई पठायो संविधानको पुस्तक

२४ पुष २०७७, शुक्रबार १४:१४

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक पठाएको छ। संसद विघटनको विरोधमा आन्दोलनरत समूहले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फल पुस्तक पठाएको हो।

संविधानको रक्षा र कार्यान्वयन गर्नुको साटो मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजना अनुसार प्रधानमन्त्रीले असंवैधिनक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रधानमन्त्रीलाई पुस्तक पठाएको काठमाडौं कमिटीले जनाएको छ।

शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको कमिटीले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेको भन्दै विरोध पत्रसमेत पठाएको छ।