कठमाण्डौ , नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले घाँडो भएको बताएका छन् ।
जनता समाजवादी पार्टीले आज बानेश्वरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओली घाँडो भएको बताएका हुन् ।
यस्तै प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको समेत बताएका छन् ।
नेपालले बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए । ‘ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो। उहाँलाई पार्टीले अनुशासनको कारवाही गरेर पार्टीबाट बर्खास्त गरिसकेको छ,’ उनले भने। प्रधानमन्त्री ओलीलाई माया लागे नेकपा ओली गुट भन्न पनि उनले आग्रह गरेका थिए।
