प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

२० पुष २०७७, सोमबार ११:४७

 

 

 

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेकपा स्थायी कमिटीको बैठक आज बस्दै छ ।  बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । पत्नी सीता दाहालको उपचार गर्न मुम्बई जाने भएकाले अध्यक्ष प्रचण्ड भने आजको बैठकमा सहभागी हुने छैनन् ।