प्रचण्ड–माधव नेपाल पक्षप्रति ओली आक्रामक

१८ पुष २०७७, शनिबार २०:११

 

काठमाडाैं , प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको प्रचण्ड–माधव नेपाल पक्षप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । आफूले नेतृत्व गरेको नेकपाको चुनाव चिह्न ‘सूर्य’ नै हुने दावी समेत गर्दै सो चिन्ह दावी गर्न प्रचण्ड–नेपाल समूहले नमिल्ने पनि उनको जिकिर छ ।

नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफू नै पार्टीको आधिकारिक पहिलो अध्यक्ष रहेकाले पार्टीको नाम ‘नेकपा’ र चुनाव चिह्न ‘सूर्य’ हुनेमा निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गरे ।