ओली ‘तानाशाह’ बन्न खोजेको नेता पौडेलको आरोप

१६ पुष २०७७, बिहीबार १९:३९

 

 

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।

४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की कांग्रेसले बिहीबार पोखरामा गरेको कार्यक्रममा उनले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको आरोप लगाएका हुन् ।

उनले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै संयुक्त आन्दोलनबाटै निकास खोज्नुपर्ने जनाए । उनले सबै मिलेर राष्ट्रियता र संविधान बचाउनु पर्नेमा जोड दिए ।

उनले अरुको इशारामा यो राष्ट्रलाई भूमरीमा धकेल्ने प्रयास भएको बताउँदै प्रतिनिधिसभाको पुनःस्थापना हुनेमा विश्वास व्यक्त गरे ।