सीताको स्वास्थ्य बुझ्‍न प्रचण्डलाई ओलीको फोन

१५ पुष २०७७, बुधबार २०:४९

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामी भएर अस्पताल भर्ना भएकी सीता दाहालको अवस्था बुझ्‍न दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार साँझ फोन गरेका छन्।

संसद विघटनको १० दिनपछि ओलीले दाहालसँग टेलिफोन संवाद गरेका हुन्। संसद विघटनको १० दिनपछि प्रचण्डलाई फोन गरेर ओलीले उनकी पत्नी सीताको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दाहाल पत्नी सीताको अवस्था बुझ्‍न फोन संवाद भएको हो। थापाका अुनसार दाहाललाई फोन गरेर ओलीले श्रीमती सीता दाहालको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

बुधबार बिहान बिरामी परेपछि सीतालाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले उनको अवस्था बुझ्‍न दुईजना नेतालाई अस्पताल पठाएका छन्। थापाका अुनसार अर्थमन्त्री बिष्णु पौडेल र पूर्व सभामुख सुवास नेम्बाङ मेडिसिटी अस्पताल पुगेका छन्।