
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार सरकारविरुद्ध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमविरुद्ध प्रदर्शन गर्न लागेको पार्टीले जनाएको छ ।
रत्नपार्कको शान्ति वाटिकाबाट सुरु हुने जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्ति वाटिकामा पुगेर सभामा परिणत हुनेछ ।
सभालाई नेताहरु बाबुराम भट्टराई, महन्त ठाकुर, अशोक राईलगायतले सम्बोधन गर्ने जसपाले जनाएको छ ।
जसपाले संसद् विघटनको विरोधमा शनिबार जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ ।
