पूर्वसभामुख महरा नेकपाको स्थायी कमिटी सदस्य

७ पुष २०७७, मंगलवार १८:३८

पूर्वसभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिष्ट (नेकपा) को स्थायी कमिटी सदस्यमा मनोनीत हुनु भएको छ । मंगलबार बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले महरालाई स्थायी कमिटीमा लैजाने सर्वसम्मत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

यस्तै, बैठकले नेकपा कैलालीका अध्यक्ष दीर्घ सोडारीमाथि गरिएको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारी सुम्पिने निर्णय पनि गरेको छ।

पार्टी अनुशासनविपरित काम गरेको भन्दै बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गरेको छ भने वरिष्ठ नेता नेपाललाई  अध्यक्ष चयन गरेको छ।