कांग्रेसको निष्कर्षः संसद् विघटन मुलुकलाई अराजकतातर्फ लैजाने गम्भीर षड्यन्त्र

५ पुष २०७७, आईतवार १९:२३

काठमाडौं , नेपाली कांग्रेसले सरकारले संसद् विघटन गराएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको आरोप लगाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले संसद् विघटन गर्ने सरकारी कदम घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी कदम भएको पनि निष्कर्ष निकालेको छ ।