
काठमाडौ , नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको बताउनु भएको छ ।
यसअघि उहाँले आफू पर्ख र हेरको अवस्थामा रहेको बताएका बताउनु भएको थियो ।
आज विहान भएको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्नु भएको गियो । राष्ट्रपति भण्डारीले यसलाई स्वीकृत गरेर १७ र २७ वैशाखका लागि निर्वाचन घोषणा गरिसक्नु भएको छ ।
एक विज्ञप्ति जारी गर्दै गौतमले संविधानको मर्म र भावना विपरित ओलीले यो कदम चालेको उल्लेख गर्नु भएको हो ।

