ओलीलाई कारवाही गर्ने तयारी

५ पुष २०७७, आईतवार १३:४८
oli

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी गरेको छ ।

त्यसका लागि नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा नै बस्ने तयारी गरिएको छ ।

बैठकले नै ओलीलाई कारवाही गर्ने तयारी गरेको हो । यसअघि नै आजका लागि नेकपाले स्थायी कमिटी बैठक बोलाएको थियो ।

प्रधानमन्त्री ओलीले आज विहान आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष गरेका छन् । ओलीको यो कदमपछि खुमलटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट नेताहरु भेला भएका छन् ।