
काठमाडौं , उपत्यकाका सवारीसाधनमा लगाइएको जोर बिजोर प्रणाली भोलि (शुक्रबार) बाट हटाउने निर्णय भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि उपत्यकाको जोर बिजोर प्रणाली हटाउने निर्णय भएको बताउनु भयो ।
कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर बिजोर प्रणाली लागु थियो ।
