
काठमाडौँ । विभिन्न राजनीतिक दल र कानुन विज्ञहरुले संवैधानिक परिषद सम्बन्धी अध्यादेशका बारेमा फरक फरक विचार व्यक्त गरेका छन् । बुधबार संवाद क्लब नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले प्रधानमन्त्रीले अध्यादेशमार्फत संविधानको मूल्य, मान्यता र मर्म माथी प्रहार भएको आरोप लगाउनु भयो ।
उहाँले भन्नु भयो ,‘अध्यादेश जनविरोधी छ यो खारेज गर्नु पर्छ । मुलुकलाई अफ्ठारो पार्ने काम प्रधानमन्त्री आलीले गर्नुभयो । राष्ट्रपति प्रधानमन्त्रीको कालिन्दा बन्नुभएको छ । उहाँहरुको कारणले देश अप्ठारोमा पर्न गएको छ ।मुलुकलाई दुर्घटना बाट बचाउन पनि ओली कुर्सीमा बस्नु हँुदैन। उहाँले तुरुन्तै राजीनामा दिनु पर्र्छ ।’
पूर्व कानुन मन्त्री तथा सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले कानुन संशोधन गर्न ल्याएको अध्यादेश संविधानको मूल्य, मान्यता र मर्म विपरित नगएको विचार व्यक्त गर्नु भयो ।

संवैधानिक आयोगहरुमा लामो समयदेखि पदपूर्ती खालि भएको हुँदा अनियमितता र भ्रष्टाचारले मौका पाउने हुँदा प्रधानमन्त्रीले अध्यादेश ल्याउनु परेको तामाङले बताउनु भयो । उहाँले प्रश्न गर्नु भयो े,‘अख्तियारमा नियुक्ति गर्न रोक्ने अनि भ्रष्टाचार भयो भन्ने ?’
उक्त कार्यक्रममा बोल्दै कानुनविद मोतिलाल नेपालीले अध्यादेश मुलुकको हित विपरित भएको विचार व्यक्त गर्नु भयो ।

