राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाऔँः अध्यक्ष बस्नेत

१ पुष २०७७, बुधबार १२:४५

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले सरकारलाई मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिन आग्रह गरेको छ ।

तरुण दलका अध्यक्ष जित जंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले समस्या समाधान नर्गे उल्टै राजनीतिक संकट आउने भएकाले फिर्ता लिन आग्रह गर्नु भएको हो ।

अध्यक्ष बस्नेतले भन्नु भएको छ ‘ प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौ देखि संसदलाइ बन्धक बनाएर र उप सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत छ ।’

अध्यादेश अनुसार कुनै पनि निर्णय नगर्न पनि अध्यक्ष बस्नेतले आग्रह गर्नु भयो ।