शिक्षक श्रेष्ठको हत्याको बिषयमा विप्लव समूहले दियो स्पष्टीकरण .विज्ञप्तिसहित

२३ मंसिर २०७७, मंगलवार २१:२४

काठमाण्डौ, सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याबारे स्पष्टीकरण दिएको छ ।

श्रेष्ठले आफ्ना कार्यकर्ताविरुद्ध सुराकी गरेको र सम्झाउन जाँदा उल्टै हतियार प्रयोग गरेपछि प्रतिकारका क्रममा उनी मारिएको दाबी गरेको छ ।

मंगलबार सो पार्टीका मेची–कोशी ब्युरो इन्चार्ज ‘प्रताप’ले विज्ञप्तिमार्फत सो स्पष्टीकरण दिएका हुन् ।