
सरकारले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई कोरोना खोप नदिने भएको छ । हालसम्म १५ वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोना खोपको परीक्षण नभएकाले सो उमेरसमूहका बालबालिकालाई खोप नदिने योजना बनाइएको हो ।
बालबालिकाहरु कोरोना संक्रमणको कम जोखिममा रहेकाले उनीहरुलाई खोप दिने योजना नरहेको खोप व्यवस्थापन प्राविधिक तयारी समितिका संयोजक डा श्यामराज उप्रेतीले बताउनु भयो ।
