बढी भाडा लिने २५ जना ट्याक्सी चालक कारबाहीमा

२३ मंसिर २०७७, मंगलवार १९:४८

प्रतिकात्मक तस्बिर


काठमाण्डौ , मङ्गलबार २५ वटा ट्याक्सी कारबाहीमा परेका छन् ।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने २५ जना ट्याक्सी चालक कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पछिल्लो समय ट्याक्सीले यात्रु ठगेको गुनासो बढेपछि अनुगमन र कारबाही तीव्र पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।