जनतामा देखिएको असन्तुष्टि सम्बोधन गर्नु पर्छः जनार्दन शर्मा

२१ मंसिर २०७७, आईतवार १८:००

काठमाडौँ , नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको बताउनु भएको छ ।

गणतन्त्र विरोधी क्रियाकलापको सरकारले रक्षा गरेको भन्दै त्यसलाई पार्टी बैठकमा छलफलको विषय बनाउनु पर्ने प्रस्ताव गर्नु भएको छ ।

आइतबारदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा शर्माले छलफलका लागि छुट्टै प्रस्ताव पेश गर्नु भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सम्बोधन गर्दै पेश गरेको प्रस्तावमा शर्माले संघीयताको पक्षधर सबै पार्टीहरुबीचमा छलफल गरेर कमी कमजोरी सच्चाउँदै जनतामा देखिएको असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।

यस्तो छ शर्माको प्रस्ताव पत्र