२४ घण्टामा उपत्यकामा ४ सय ८४ जनामा कोरोना पुष्टि

२१ मंसिर २०७७, आईतवार १६:५९

काठमाडौँ , पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ४ सय ८४ जना संक्रमित थपिएका हुन् । संक्रमितमध्ये महिला १८७ जना र पुरुष २९७ जना रहेका छन् ।

देशभर भने आइतबार १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।