रञ्जित तामाङको ओलीलाई प्रश्नः जेट विमान समाजवादतिर छ कि पुँजीवादीको यात्रामा ?

१९ मंसिर २०७७, शुक्रबार १६:१२

काठमाडौं, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङले पार्टीमा आफूलाई महिषासुर ठान्ने प्रवृत्ति बढेको बताएका छन्। शुक्रबार थापाथलीमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको जेट विमान समाजवादतिर छ कि पुँजीवादीको यात्रामा छ भनी प्रश्न गरेका छन्।

शिक्षा‚ स्वास्थ्य क्षेत्रमा दलाललाई पोस्न सरकार लागेको आरोप लगाउँदै उनले भने‚ ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिन भनेको होइन ? के गरिरहनु भएको छ ? वरिपरि भ्रष्टाचारी नै भ्रष्टाचारी छन् किन देख्नुहुन्न ?

सोही कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीभित्र कुरामा समाजवाद र व्यवहारमा समान्तवाद देखिएको भन्दै व्यक्तिले पार्टी चलाउने प्रवृत्ति हावी भएको बताए। उनले कम्युनिस्ट पार्टीमा समेत व्यक्ति पुजा गर्ने तर विधि र पद्धति उल्लंघन गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे।
किसान‚ मजदुर‚ श्रमजीवीको मुद्दा‚ अबका दिनमा पार्टी कस्तो बनाउने भन्ने भन्ने विषयमा नेकपामा कम बहस हुन थालेको बताउँदै न्यौपानेले पार्टीभित्र श्रममा बाँच्नेभन्दा मूल्यमा बाँच्ने स्थिित पैदा भएको बताए।