ब्रोकर कमिसन घटाउन सेयर लगानीकर्ताको माग

१९ मंसिर २०७७, शुक्रबार ११:२२

काठमाडौं, सेयर लगानीकर्ताले ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डसँग माग राखेका छन्। लगानीकर्ताले सेयर खरिद, बिक्री गर्दा अधिक कमिसन लाग्‍ने गरेको भन्दै आपत्ति जनाएका हुन्।

हाल ब्रोकर कम्पनीहरूले सेयर खरिद ,बिक्री गर्दा ०.५ प्रतिशतसम्म कमिसन लिँदै आएका छन्।

हाल दैनिक ७,८ अर्बको कारोबार हुन थालेपछि लगानीकर्ताहरूले त्यसलाई घटाएर ०.२५ प्रतिशत बनाउनु पर्ने भन्दै सेयर बजारको नियामक निकाय बोर्डसँग माग राखेका हुन्।

कमिसन घटाउन माग राख्दै आज ११ बजे लगानीकर्ताहरूले बोर्डमा ज्ञापन पत्र बुझाउँदै छन्।