फेरी विवाह गर्दै श्वेता खड्का

१९ मंसिर २०७७, शुक्रबार १०:५७

काठमाडौं, नायिका श्वेता खड्काले आगामी मंसिर २२ गते विवाह गर्दैछिन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । गोकर्ण फरेस्ट रिसोर्टमा २२ गते हुने विवाहको पुष्टि श्वेता र विजयेन्द्रको विवाहको कार्डले गरेको हो ।
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको फिल्म ‘कहाँ भेटिएला’ बाट श्वेता नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् । कामको सिलसिलामा उनको श्रीकृष्ण श्रेष्ठसँग माया बस्यो र २०७१ सालमा विवाह गरे । तर, विवाह गरेको एक महिनामा नै क्यान्सरले श्रीकृष्ण श्रेष्ठको निधन भएपछि लामो समयसम्म श्वेता बाहिर निस्कन सकिनन् ।