मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक, प्रोफाइलमा युवतीको तस्विर

१९ मंसिर २०७७, शुक्रबार १०:४४

जनकपुरधाम, प्रदेश दुईका मुख्यमन्त्री लालबाबू राउतको फेसबुक पेज हयाक भएको छ । आज बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो ।

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले दिएको जानकारी अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फ़ोटो सहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको हो ।

मुख्यमन्‍त्री ज्यूको फेसबुकमा बिहान बिहान अनावश्यक कुराहरु पोस्ट भएको पायौ । प्रेस संयोजक मिश्रले भने ह्याक कहाँबाट र कसरी भएको हो भन्ने खोजबीन हुँदैछ ।

मुख्यमन्त्री राउतको प्रोफाइलमा युवतीको तस्विर राखिएको छ भने कभरमा जंगलको फोटो राखिएको छ ।