पुलिसको डण्डाबाट पेलिएको मेरो करङ हिजोभन्दा आज बढी दुख्योः रामचन्द्र पौडेल

१८ मंसिर २०७७, बिहीबार १०:५७

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सता दशकको अथक प्रयासबाट पनि लोकतन्त्र साकार हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

बुधबार दिउँसो गृहजिल्ला तनहुँमा पुल उद्घाटनका क्रममा पक्राउ पर्नु भएका नेता पौडेललाई प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएर छाडेको थियो।

नेता पौडेलले बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा मिल्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भएको हो ।
उहाँले आफूलाई पक्राउ गर्ने क्रममा प्रहरीको डण्डाबाट पेलिएको आफ्नो करङ दिउँसोभन्दा साँझ र साँझभन्दा आज बिहान अझै बढी दुखेको बताउनु भएको छ ।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाई बढी छ’, बिहीबार बिहान सामाजित्र सञ्जाल ट्विटरमा नेता पौलेलले लेखेका छन्, ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन। असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ।’