मृतकका परिवारहरू न्याय माग्दै मिडियामा

१८ मंसिर २०७७, बिहीबार १०:४८

पूर्वी रुकुमको पुठा उत्तरगंगागाउँपालिका–८ स्थित ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरू पक्राउ नपरेको भन्दै मृतकका परिवारहरू न्याय माग्दै मिडियामा आएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै मृतक रणबहादुर घर्तीका छोरीहरू भागिन्ता घर्ती, प्रकृति घर्ती र राजकुमारी घर्तीले बुवाको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।
हत्यामा संलग्नहरूको बारेमा आफूहरूले किटानी जाहेरी दिँदा पनि अपराधीहरू अहिलेसम्म पक्राउ नपर्नु दुःखद् कुरा भएको र यसले आफूहरूलाई झनै निराश बनाएको उनीहरूको भनाइ छ ।