डिसेम्बरमा रिलिज हुँदै बलिउडका नयाँ फिल्म

१७ मंसिर २०७७, बुधबार ०९:१२


मुम्बई , भारतमा गत नोभेम्बरबाट फिल्म हलहरू खुलेपछि निर्माता र वितरकहरूले आफ्ना नयाँ फिल्म डिसेम्बरमा रिलिजको घोषणा गरेका छन् । यसै क्रममा बलिउडका सात वटा फिल्म यो डिसेम्बरमा रिलिज हुने भएका छन् ।

डिसेम्बरमा क्रिसमस, नयाँ वर्षलगायतका पर्व परेकाले पनि बलिउडका केही फिल्महरू यो महिना रिलिजको तयारी हुँदै छ । यसै क्रममा अभिनेता बरुण धवन र साराअली खानको निकै महत्वकाँक्षी फिल्म कुली नम्बर १ पनि डिसेम्बरमा रिलिज हुने भएको छ । यो फिल्मलाई अमेजन प्राईमसँगै हलबाट पनि रिलिजको तयारी हुँदै छ ।

यस्तै ऋचा चड्डा, करिश्मा तन्नालगायतको मुख्य भूमिका रहेको नयाँ फिल्म लाहौर कन्फिडेन्सियल पनि यही डिसेम्बरमा सिनेमा हलमा रिलिज हुने भएको छ । यो फिल्मलाई सिनेमा हलसँगै जि पाँच डिजिटल प्लेटफर्मबाट पनि रिलिज गरिने भएको छ ।एजेन्सी