उपलब्धीहरु गुम्ने खतराः नेता शाह

१६ मंसिर २०७७, मंगलवार १४:४२

राजविराज, नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले ठुला दलहरुका कारण मुलुकमा प्राप्त भएको उपलब्धीहरु गुम्ने खतरा बढेको बताउनुभएको छ । नेपाली जनता दल सप्तरीद्वारा जिल्लाको खडक नगरपालिका ११ बनौलीमा सोमवार आयोजित आमसभा तथा पार्टी प्रबेश कार्यक्रममा बोल्दै अध्यक्ष साहले राष्ट्रिय हित भन्दा आफ्नो सत्ता स्वार्थमा केन्द्रित हुदाँ जनतामा निराशा बढे्को बताउनु भएको थियो ।
ठुला दलहरुकै कारण मुलुकमा भ्रष्टाचार र अराजकता बढ्दै गएको आरोप लगाउदै उहाँले भ्रष्टाचार बिरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाएको बताउनु भएको थियो । स्थानीय तहहरुमा आर्थिक अपारदर्शिता बढ्दै गएकाले त्यसका बिरूद्व भण्डाफोर अभियानमा जुट्न उहाँले आव्हान समेत गर्नु भएको थियो ।