
काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज धूमवाराहीमा बस्दै छ । धूमवाराही पार्टी कार्यालयमा बस्ने यो सचिवालय बैठकलाई सवैले चासो दिएका छन । अब नेकपाको भविष्य निर्धारण गर्ने अनुमान धेरैले गरेका छन् ।
३ दिनअघि बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनु भएका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रतिवेदन पेश गर्नु भएको थियो । अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ कार्तिकमा पेश गरेको प्रतिवेदनको जवाफका रुपमा आफ्नो प्रतिवेदन सचिवालय बैठकमा पेस गर्नु भएको थियो ।
जवाफी प्रतिवेदनका रुपमा उहाँले पेश गरेको प्रतिवेदनमा अध्यक्ष प्रचण्डलाई केही दर्जन प्रश्न राखिएको थियो र केही गम्भीर आरोपहरु लगाइएको थियो । अर्कोतिर, प्रचण्डले सचिवालय बैठकमा नै राखेको प्रतिवेदनमा पनि प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई समेत प्रश्रय दिएको आरोप लगाइएको थियो ।
नेकपाका यी दुई अध्यक्षबीच भएको आरोपप्रत्यारोपबीच आज बस्ने सचिवालय बैठक त्यसैले निकै महत्वपूर्ण मानिएको छ ।
