
गुल्मी , गुल्मीको इस्मा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । शुक्रवार गाउँपालिकाको वडा नम्बर–४ को हुल भन्ने स्थानमा भएको जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको शोकमा आज सार्बजनिक बिदा दिइएको हो ।
गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरु र शैक्षिक संस्थाहरुमा बिदा दिन निर्देशन दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत नारायण महतले जानकारी दिए । कक्षा १२ को परीक्षा भने यथावत रुपमा सञ्चालन गर्न भनिएको छ ।
