नेकपा सचिवालय बैठक शनिबार १ बजे बस्ने

१२ मंसिर २०७७, शुक्रबार १४:५०

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि शनिबार १ बजे बस्दैछ ।
सचिवालयका एक सदस्यका अनुसार बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने बताइएको छ ।
यसअघि अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्तावमा उठाइएको प्रश्न तथा आरोपको जवाफ दिने बालुवाटार स्रोतले बताएको छ । अध्यक्ष प्रचण्डले १९ बुँदे प्रस्ताव पेश गर्नुभएको थियो ।