गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

१२ मंसिर २०७७, शुक्रबार ०९:१६

गुल्मी , गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

इस्मा ४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप बिहान सडकबाट खसेको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले बताउनुभयो । उहाँका अनुसार जीपमा रहेका तीन जना पुरुष र दुई जना महिलाको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् ।

घटनास्थलमा अहिले उद्धारको काम भइरहेको छ । थप विवरण आउन बाँकी छ ।