पार्टीहरूमा गुटबन्दीको राजनीति

२७ कार्तिक २०७७, बिहीबार १०:५८

डा डिआर उपाध्याय,

काठमाडौं , यति बेला नेपालको राजनीति त्यति सहि ढंगले अघि बढन सकेको छैन । सत्तारुढ दल नेकपामा लामो समय देखि बिवाद कायम छ । मुलुकको सवै भन्दा ठूलो दल भित्र विवाद हुँदा सवैको ध्यान केन्द्रित हुँदो रहेछ । यो स्वभाविक पनि हो । मैले त पटक पटक भन्दै , लेख्दै आएको छु । नेकपा भित्रको विवाद छिटो समाधान हुनु पर्छ । यो पाटी फुटनु हुदैन । किन भने यो पाटी बिभाजित भयो भने लोकतन्त्र खतरामा पर्छ । नेकपा भित्रको विवादलाई कुनै अर्थमा राम्रो मान्न सकिदैन । यो बिचार , सिद्धान्तको लडाई होइन , सत्तास्वार्थको लडाई हो । यसमा कसैले साथ दिन सकिदैन । यदि पाटी बिभाजित भईहाल्यो भने किन रुन्छस् मंगले आफनै ढंगले भन्र्ने उखान सावित हुने छ । शक्ति र सत्ताको आडमा आफूलाई जे मन लाग्यो त्यो गर्न कसैलाई छुट छैन । यति बेला कोरोनाका कारण उद्योग–व्यवसाय, व्यापार, कृषि, पर्यटन, जलस्रोतजस्ता कुनै पनि क्षेत्र सफल हुन सकेका छैनन् । अव सरकारले दूरगामी नीति लिनु आबश्यक छ । यो सरकारको काम र कर्तव्य हो । राजनीतिको लगाम सधैं सीमित मानिसको स्वार्थको घेरामा रहयो । जसले गर्दा देशको बिकास हुन सकेको छैन । दलहरु एक आपसमा झगडा गर्छन । समाधान खोज्नेतिर कोही लाग्दैनन् । नेकपामा मात्र होइन , सबै दलमा विवाद छ । सत्तामा रहेको नेपाल कम्युनिस्ट पार्टीमाथि जनताले भरोसा नगरेका होइनन्, तर अहिले सरकारमा रहेको बेला नेकपा आन्तरिक विवादमा फसेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि आन्तरिक विवादमा छ । जनता समाजवादी पार्टीभित्र पनि विवाद छ । तर सार्वजनिक रूपमा बाहिर आइसकेको छैन । कुनै पनि दलहरु आफ्ना घोषित सिद्धान्त त्यागेर संकीर्णताको बाटोमा हिँड्नु हुदैन । आफ्ना घोषित सिद्धान्त त्यागेर हिडे जनताले साथ नदिन सक्छन ।अर्कातिर देशको शासनमा बसेकाहरू आपसी मेलमिलापको सट्टा विवाद र मनमुटावको बाटोमा लागेका छन् । नेपालको राजनीतिमा विवाद र झगडा नौलो कुरा होइन ।
नेकपाको विवाद मूलतः सत्ताकेन्द्रित छ । प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेरपुच्छर लगाउँदैनन् । उनको अहिलेको व्यवहारले नेकपाको विवाद सहज ढंगले टुंगोमा पुग्ला भन्ने देखिँदैन ।पार्टीहरूमा गुटबन्दीको राजनीति मौलाएको छ । यसले देश र पाटी दुवैलाई घात भईरहेको छ । यति बेला कोरोना महामारीले जनता आक्रान्त छन्, दिनहुँ हजारौं संक्रमित फेला पर्दै छन्, कोरोनाबाट हुने मृत्युले तीव्रता लिएको छ । कोरोना महामारीको रोकथाम र नियन्त्रण कसरी गर्ने भन्र्ने बिषयमा सवै राजनीतिक दलहरुको ध्यान पुग्नु जरुरी छ । सधै सत्ता स्वार्थको राजनीति गरेर जनता अलमलाउने काम दलहरुले गर्नु हुदैन । यो बिषम परिस्थितीमा सवैको साथ सहयोग आबश्यक छ ।