काठमाडौं , आफ्नो फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता भएका एक अर्थोडोन्टिस्ट डाक्टर सकुसल फेला परेका छन् ।
सुसाइड नोट लेखेर भक्तपुरबाट बेपत्ता भएका अर्थोडोन्टिस्ट डा दिगम्बर झा काभ्रेमा सकुशल फेला परेका हुन् ।
डा झा मंगलवार बिहान फेसबुकमा आफ्नो पीडा पोख्दै सुसाइड नोट पोस्ट गर्दै सम्पर्क बिहीन भएका थिए ।
उनी आज बिहान ५ बजेतिर बा१६च ८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए । उनको परिवारसँग राम्रो सम्बन्ध नभएको प्रहरीले जनाएको छ । उनले सामाजिक सञ्जालमा पोस्ट गर्ने बित्तिकै खोजतलासी शुरु भएको थियो । प्रहरीका अनुसार डा झा घरबाट निस्केको दुईघण्टामा उनी काभ्रे पुगेका थिए ।