
काठमाडौँ , वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको नयाँ उपन्यास ‘लालस’ आइतबार एक समारोहबीच सार्वजनिक गरिएको छ । सिग्देलको यो पैंतिसौं कृति हो भने आख्यानका हिसाबले नवौं हो ।२५ वर्षदेखि निरन्तर साहित्य साधनामा सक्रिय सिग्देलका आमोई, सारंगी, रमिलानानी, जदौ मालिक, उर्मिला, रामदाइ, धनञ्जय जस्ता कृति चर्चित छन् ।
२८८ पृष्ठको उपन्यासकोे मूल्य ४२५ रूपैयाँ रहेको छ ।
