सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

२१ कार्तिक २०७७, शुक्रबार १६:०१

काठमाडौं, सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ९७ हजार २०० मा कारोबार भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार २०० मा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन बिहीबार ९५ हजार ७०० मा कारोबार भएकोमा शुक्रबार एक हजार बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। यस्तै, चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला ४५ रुपैयाँले वृद्धि भएको छ।

बिहीबार प्रतितोला एक हजार २१० मा कारोबार भएको चाँदी शुक्रबार भने प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको छ।