
काठमाडौं , पूर्व मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य भीम रावलले राजनीतिक समस्यामा राष्ट्रपतिको सक्रियताबारे आलोचना गर्नुभएको छ ।
केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग भेटघाट गरेको भन्ने बाहिरिएसँगै नेता रावलले कुनै एक पक्षलाई साथ दिनु गलत रहेको बताउनु भएको छ ।
राजनीतिक नेताहरुसँगको राष्ट्रपतिको भेटघाटले पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना काम भएको बताउनु भयो ।
शुक्रवार एक ट्वीट गर्दै उहाँले भन्नु भएको छ, “नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।”

