कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एक जना बृद्धको मृत्यु

१९ कार्तिक २०७७, बुधबार १०:०४

बुटवल, कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एक जना बृद्धको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत गुल्मीको गुल्मीदरबार गाउँपालिका ६ का ८५ वर्षीय बृद्धको मृत्यु भएको हो । उनलाई कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि अस्पताल भर्ना गरिएका उनको आईसीयूमा उपचार भइरहेको थियो। उपचारका क्रममै मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताउनु भयो । उनलाई उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ।

योसँगै लुम्बिनी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ७७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।