पूर्व माओवादीहरुको प्रचण्ड निवासमा छुट्टै भेला

१७ कार्तिक २०७७, सोमबार १५:०३

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादीका नेताहरु भेला भएका छन्।
एकता प्रकृया गम्भीर संकटमा परेपछि प्रचण्डले आफू पक्षीय नेताहरुसँगको भेटघाटलाई तिव्रता दिनु भएको छ ।

खुमलटार स्रोतका अनुसार अहिले उनीहरु छलफलमा व्यस्त रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई पार्टी अलग अलग गरौं भनेपछि उहाँले आफू निकटका स्थायी समिति सदस्यहरूलाई काठमाडौं बोलाउनु भएको थियो ।
दाहालले पूर्वमाओवादी कोटामा स्थायी समिति सदस्य भएका सबै नेताहरुलाई परामर्शका लागि काठमाडौ बोलाएर अहिले छलफल थाल्नु भएको हो ।