व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजियो, खबरदारी गरौंः ईश्वर पोखरेल

१७ कार्तिक २०७७, सोमबार १४:१०


काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी .(नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजिएको बताउनु भएको छ । उहाँले यसको विरोध गर्दै एकता जोगाउन पनि आह्वानसमेत गर्नु भएको छ ।

ट्वीटर गर्दै उहाँले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन लागेको आरोप लगाउनु भएको छ । पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको उहाँको भनाई छ । उहाँले लेखनु भएको छ, ‘यस्‍तो दुर्भाग्य निम्त्याउनेहरुलाई सबैले बेलैमा चिनौं, खबरदारी गरौं’ ।