हेर्नुहोस् कति छ आज सुनको मूल्य

१७ कार्तिक २०७७, सोमबार ११:२५

काठमाडौं , आइतबार सुनको मूल्य तोलामा ९५ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ५ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२०५ रहेको महासंघले जनाएको छ ।