पार्टीको फुट, जनचाहना र जनादेशविरुद्ध हुने प्रवक्ता श्रेष्ठको भनाई

१७ कार्तिक २०७७, सोमबार १०:१२

काठमाडौं , नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गर्नु भएको छ । सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै प्रवक्ता श्रेष्ठले पार्टीको बैठक बसेर सबै विषयमा छलफल गर्न समेत माग गर्नु भएको छ ।

पार्टीको फुट, जनचाहना र जनादेशविरुद्ध हुने श्रेष्ठको भनाई छ । ‘फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकदाताबाट चाहाना र जनादेश विरुद्ध हुन्छ ।’ उहाँले लेखनु भएको छ, ‘तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔँ र आआफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौँ ।’

पार्टीको बैठक बसेर सबै पक्षबारे खुल्ला छलफल गर्नुपर्ने उहाँले बताउनु भएको छ। प्रवक्ता श्रेष्ठले व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान नदिने र कसैको हित नहुने बताउनु भएको छ । देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोच्न र सकारात्मक निष्कर्ष निकाल्न उहाँले आग्रह गर्नु भएको छ ।
पार्टी फुटाउन देशी र विदेशी प्रतिकृयावादी शक्ति लागेको दावी प्रवक्ता श्रेष्ठको छ । ‘जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरूको चाहना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौँ’ श्रेष्ठले भन्नु भएको छ ।